News Portal

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने जसपाको निर्णय

रातोपोस्ट संवाददाता
५६२ पटक

काठमाडौं, जेठ ३०। जनता समाजवादी पार्टी, नेपालले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सो पार्टीले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

शुक्रबार पदाधिकारी बैठक बसेर जसपाले संविधान संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जपसा पदाधिकारी बैठक बालकुमारीस्थित पार्टी कार्याललयमा बसेको थियो ।

सुरुदेखि नै संविधान संशोधनको माग राख्दै आएका पार्टीहरु मिलेर बनेको जनता समाजवादी पार्टी संविधान संशोधनको वकालत गर्दै आएको पार्टी हो । यद्यपि, अहिले उनीहरुको मागअनुसार संशोधन गर्न लागिएको भने होइन ।

जसपाकी नेतृ एवं सांसद सरिता गिरीले सरकारले दर्ता गराएको विधेयक खारेजीको माग गर्दै प्रस्ताव दर्ता गराएकी छिन् । जसपाले भने उनलाई प्रस्ताव फिर्ता लिन निर्देशन गर्दै प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ । यता जेठ १९ मा राजपा र समाजवादी पार्टीले नेपालको संविधान (दोस्रो संशोधन विधेयक) संघीय संसद् सचिवालयमा दर्ता गराएका थिए ।

प्रतिकृया दिनुहोस्