News Portal

  • संसद बैठक छाडेर बाहिरिइन् सरिता गिरी

    रातोपोस्ट संवाददाता
    ३५२ पटक

    काठमाडौं, जेठ ३१। समाजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छन्। सभामुख अग्नि सापकोटाले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी हुन्।

    गिरीले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी थिइन्। सभामुख सापकोटाले बैठकमा गिरीलाई बोल्न दिन खोजेका थिए। तर सांसदहरूले होहल्ला गरेका थिए। होहल्लापछि सभामुखले रुलिङबारे जानकारी गराएका थिए।

    समाजवादी पार्टीले सांसदहरूलाई संविधान संशोधनको पक्षमा उभिन ह्विप जारी गरेको छ। तर उनले ह्विप नमान्ने बताइसकेकी छिन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)