News Portal

थप दुई जना काेराेनाबाट मृत्यु, मृतकको संख्या १८ पुग्यो

रातोपोस्ट संवाददाता
४१२ पटक

काठमाडाैं,जेठ ३१। कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बारा र पर्सा जिल्लामा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु भएका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मृत्यु हुनेमा ५ वर्षीय बालक र करिब २५ वर्षीय युवा छन् । निमोनियाको समस्या देखिएका बारा जिल्लाकाे निजगढ नगरपालिकाका बालकको उपचारका क्रममा वीरगंजमा शुक्रबार राति निधन भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको गौतमले बताए ।

त्यसैगरी वेवारीसे अवस्थामा वीरगंजमा मृत भेटिएका करिब २५ वर्षीय युवकको स्वाब परीक्षणम पनि कोरोना संक्रमण पुष्टि भएको छ । वेवारीसे अवस्थामा मृत भेटिएका युवकको पहिचान खुल्न सकेको छैन् । योसमेत कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या १८ पुगेको गौतमले बताए ।

प्रतिकृया दिनुहोस्