News Portal

  • आजदेखि सबै सरकारी कार्यालय खुला, दुई सिफ्टमा सञ्चालन हुने

    रातोपोस्ट संवाददाता
    ३४८ पटक

    काठमाण्डाै, असार १। सरकारको निर्णय अनुसार आजदेखि सबै सरकारी कार्यालय खुल्दै छन् । दुई सिफ्टमा आजदेखि सबै सरकारी कार्यालयमार्फत सेवा दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिडारीले बताए ।

    उनका अनुसार सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एउटा सिफ्ट र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म अर्को सिफ्टमा खुल्ने छ । कर्मचारीलाई कार्यालयकै गाडीमा ओहोरदोहोर गर्ने व्यवस्था मिलाईएको छ र निजी साधन हुनेले आफ्नै गाडी प्रयोग गर्न पनि सक्नेछन् ।

    सरकारी कार्यालयमा भिडभाड नहोस् भन्नका लागि दुई सिफ्टमार्फत सेवा दिने तयारी सरकारले गरेको हो । कार्यालय जाने कर्मचारीलाई स्वास्थ्य सुरक्षा अपनाउन अनिवार्य गरिएको छ । कर्मचारीले अनिवार्य मास्क लगाउनु पर्ने छ भने स्यानिटाईजरको पनि व्यवस्था गरिएको छ ।
    यस्तै दूरी कायम गरेर सेवा दिन र बस्दा एउटा कुर्सी छोडेर भौतिक दूरी कायम गर्न भनिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिडारीले जानकारी दिएका छन् । उनका अनुसार नागरिकले अब सरकारी कार्यालय मार्फत पाउने सबै सेवा पाउने छन् ।

    गएको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरे अनुसार कार्यालय खुल्न थालेका हुन् । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गएको चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

    तर, बुधवारको मन्त्रिपरिषद् बैठकले पसल खोल्न दिने तथा काठमाण्डौ उपत्यकालगायतका कोरोना भाइरसको सङ्क्रमण कम देखिएका क्षेत्रमा जोर, बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको थियो । त्यहीँ अनुसार काठमाण्डौमा बजार तथा पसल खुलेका छन् भने जोर बिजोर प्रणालीमा निजी गाडी चल्न थालिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)