News Portal

काँकरभिट्टाका ६ वटा हाेटललाई क्वारेन्टाइन बनाइने

रातोपोस्ट संवाददाता
११५८ पटक

झापा। झापाको मेचीनगरमा रहेका छ वटा होटललाई क्वारेन्टाइन स्थल बनाइएको छ । मेचीनगर – ६ स्थित काँकरभिट्टा रहेको होटल रोयल आसाम, रजत होटल, झापाली गेस्ट हाउस, कामना गेस्ट हाउस, भान्जा होटल र कामख्या होटललाई क्वारेन्टाइन बनाएको मेची होटल ब्यसायी सघका अध्यक्ष तथा काँकरभिट्टा सोसाईटीका सदस्य सुरेशकुमार श्रेष्ठ (गोपाल)ले जानकारी दिए ।

पूर्वि नाका काँकरभिट्टा मानिसहरुको अहिले बाक्लो उपस्थित रहेकोले मेची नगरमा रहेका होटललाई क्वारेन्टाइन निर्माण गरेको मेचीनगर- ६ का वडा अध्यक्ष ललित तामाङले बताए ।

राजनितिक दल, सामाजिक संघ संस्था, जनप्रतिनिधि र नागरिक अगुवाइको उपस्थितिमा काक्रभिट्टामा बसेको बैठकाले होटललाई क्वारेन्टाइन बनाउने निर्णय भएको मेची होटल ब्यसायी सघका अध्यक्ष तथा काँकरभिट्टा सोसाईटीका सदस्य श्रेष्ठले बताए।

यस अघि नै प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र मेचीनगर ६ का वडा अध्यक्ष ललितबहादुर तामाङमार्फत प्रदेश र केन्द्र सरकारलाई मेची होटल ब्यसायी सघले बिज्ञप्ती बुझाएकाे थियाे । ४ बुंदे ज्ञापन पत्रमा लकडाउन अवधिको घर बहाल मिनाहा गरिदिने, ब्यवसाय सञ्चालनार्थ लिएको बैकिङ ऋणको लकडाउन अवधिको ब्याज मिनाहा गरिदिने, होटल ब्यवसायमा रहेका मजदुरहरुलाई लकडाउन अवधिको न्यूनतम पारिश्रमिकमा राहत सहयोग उपलब्ध गराउने र कोरोना प्रकोपको कारण ब्यवसाय तहस नहस भएका कारण बिजुली, खानेपानी तथा ब्यवसाय कर जस्ता महसुलहरुमा छुटको ब्यवस्था गरि दिनु पर्ने मागहरु मेची होटल ब्यवशायी संघले राखेका थिए ।

प्रतिकृया दिनुहोस्