News Portal

  • पछिल्लो २४ घण्टामा देशैभर ४२६ काेराेना संक्रमित थपिए, संक्रमितको संख्या ८२७४ पुग्याे

    रातोपोस्ट संवाददाता
    ६६२ पटक

    काठमाडौं, असार ५। नेपालमा पछिल्लो २४ घण्टामा देशैभर ४२६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। : नेपालमा कोरोना

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार शुक्रबार मात्र ४२६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार नाघेको हो। कुल संक्रमितको संख्या आठ हजार दुई सय ७४ पुगेको छ।

    पछिल्लो २४ घण्टामा २१६ जना डिस्चार्ज भएका छन्। प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या १४ सय २ पुगेको छ। संक्रमित जिल्लाको संख्या ७४ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ६१ हजार ७ सय ५९ र आरडीटी विधिबाट दुई लाख ४७ हजार ८ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ।

    अहिले क्वारेन्टाइनमा एक लाख ९ हजार चार सय ६१ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार ६ हजार आठ सय ५० जनाको आइसोलेसनमा उपचार भइराखेको छ। २२ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)