News Portal

निर्मलाले भनिन् : मलाई बाँच्न रहरछ, उपचारमा सहयोग गरिदिनुहाेस ।

रातोपोस्ट संवाददाता
२३६७ पटक

झापा, असार ५ । दुवै मृगौला फेलभई हाल मृत्युसंग संघर्ष गरिरहेकी निर्मलाले भनिन् मलाई बाँच्न रहरछ उपचारमा सहयोग गरिदिन अपिल गरेकी छन् । मेचीनगर ८ सिर्जना चोक निवासी ३० वर्षिया निर्मला ढुंगाना यतिखेर जीवन र मृत्युको दोसाधमा छिन् । आफ्ना दुवै मृगौलाले काम गर्न छाडेपछि २८ महिना देखि डाइलोसिस गराउदै आएकी निर्मलाको उपचारमा आर्थिक अभाव भएपछि उनि जीवन मृत्युको दोसाधमा पुगेकी हुन ।

२०७४ असोजमा बुद्धशान्ति ३ निवासी नेत्र प्रसाद दंगालसँग बिवाह बन्धनमा बाधिएकी उनि जीवनको अर्थ समेत बुझ्न नपाउदै ४ महिना पछि बिरामी परिन । सामान्य ज्वरो आएपछि धुलावारी स्थित मेडिकल हलमा उपचारको लागि पुगेकी निर्मला त्यसबेला छागाबाट झरीन जव उनको दुवै मृगौलाले काम गर्न छाडेको रिपोट डाक्टरले सुनाए ।

तत्काल उनलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड लगिएपनि डक्टरले शरीरमा रगतको अभाव भएको बताएपछि उनलाई पून धरान लगरे उपचार गरिएको थियो । स्वास्थ्यमा सामान्य समस्या भएपछि माइत आएकी निर्मलालाई आमा तथा दाजु भाईले उपचारकै क्रममा हाल सम्म ३५ लाख रुपयाँ खर्च गरिसकेका छन्।

तर पनि उनको भविश्य सुनिश्चित नभएछि यतिखेर छोरीको जीवन बचाउन आमा लक्ष्मी ढुंगानाले आफ्नो एउटा मृगौला दिने निर्णय गरेकी छिन् तर मृगौला प्रत्यारोपणमा २० लाख भन्दा बढी रकम लाग्ने डाक्टरले बताएपछि उनि छोरीको जीवन बचाईदिन सबैसंग याचना गरिरहेकी छिन् । निर्मलालाई उपचारको लागि भेलोर समेत पुर्याईएको परिवारले जनाएको छ हाल उनको मेची अञ्चल अस्पतालमा डाईलोसिस भईरहेको छ ।

आमाले भनिन् छोरीको हप्तमा २ पटक डाइलोसिस गराउनु पर्छ महिनामा ३०/३५ हजार खर्च हुन्छ अव म आफैले मृगौला दिएर छोरीलाई बचाउनु छ सबैको सहयोग भयो भने छोरी बचाउन सकिन्छ भन्ने आशा छ। उनले आँसु पुछ्दै भनिन् सबैले सहयोग गरिदिनु होला ।

शुक्रवार पत्रकारको एक टोली निर्मलाको घर पुग्दा आमा छोरी दुवै भकानिदै गह भरी आँसु पार्दै निर्मलाले भनिन् मलाई बाच्न रहर छ । मृगौला प्रयारोपण गर्न पाए म बाँच्ने थिए मलाई उपचारमा सहयोग गरिदिनु होला ।

आफ्नो भएको जेथो सकिदै गएपछि निर्मलाको उपचारमा सहयोग पुर्याउने उदेश्यले स्थानीय घनश्याम ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय निर्मला ढुंगाना उपचार सहयोग समिति गठन गरिएको छ । निर्मलाको उपचारमा घरपरिवार र श्रीमानबाट भने सहयोग नभएको आमाले बताइन । सहयोग गर्न चाहनेले नेपाल राष्ट्रिय बैककाे खाता नम्बर (०५५०११०६५१२३९००००००१) र ९८०६०८०२७४ मा निर्मला ढुंगानालाई सम्पर्क गरेर सहयोग गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्