रातोपोस्ट संवाददाता

काठमाडौं, असार ६। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बोलाइएको छ। बैठक शनिबार बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा दुई वर्षदेखि अल्झिरहेको नागरिकता विधेयकलाई लिएर नेकपा अध्यक्षद्वय सहित केही शीर्ष नेताहरुको बैठक शुक्रबार बसेको थियो। सोही सन्दर्भमा सचिवालयबाट निर्णय गर्ने तय भएको थियो।