News Portal

ठेकेदारसँग घुस लिँदै गर्दा रंगेहात इन्सपेक्टर पक्राउ

रातोपोस्ट संवाददाता
११२४ पटक

मकवानपुर, ६ असार । ठेकेदारसँग घुस लिँदै गरेको अवस्थामा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) रंगेहात पक्राउ परेका छन् ।मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामबालक रायलाई १२ हजार रुपैयाँ घुस रकमसहित बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नियन्त्रणमा लिएको छ ।

इन्स्पेक्टर रायलाई नियन्त्रणमा लिएको सम्बन्धमा बागमती प्रदेशका डीआईजी बसन्तकुमार लामाले लेनदेनमा रहेका उनलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धानपछि कारवाही प्रकृया अघि बढाइने जानकारी दिए । इन्स्पेक्टर रायलाई प्रदेश प्रहरी कार्यालय, हेटौंडामा नियन्त्रणमा राखिएको छ ।

उनलाई भीमफेदी गाउँपालिका वडा नम्वर ६ मा रहेको सगरमाथा होटलमा बसेर ठेकेदार दुर्गा लामासंग १२ हजार रुपैयाँ घुस रकम लिदालिदैं प्रदेश प्रहरी कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरी निरीक्षक रायले आफ्नो इलाकामा गलत गतिविधि र रकम लेनदेन गर्ने गुनासो आएपछि प्रदेश प्रहरीले उनलाई निगरानीमा राखेको डीआईजी लामाले बताए । हेटौंडा कुलेखानी दक्षिणकाली हुँदै काठमाडौं जाने सडक खण्डमा सो इलाका प्रहरी कार्यालय पर्दछ ।

प्रतिकृया दिनुहोस्