News Portal

मेचीनगरमा थप ३ जनामा काेराेना पुष्टि

रातोपोस्ट संवाददाता
६२७ पटक

झामा,असार ९ । मेचीनगरमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । कुवेतबाट नेपाल आएका दुईसहित ३ जना महिलामा कोरोना संक्रमण फेला परेको हो ।

कुवेतबाट आएकी मेचीनगर– ५ की ४० वर्षीया, मेचीनगर–१ की ३६ वर्षीया र आसामबाट आएकी मेचीनगर–७ की ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

आज थप ३ जनामा कोरोनाको संक्रमण पुष्टिभएसंगै मेचीनगरमा मात्र संक्रमितको संख्या ८ पुगको छ । मेचीनगर वडा नं १० को अतिथि सदन भवनको क्वारेन्टाइनमा रहेका उनीहरुलाई उपचारका लागि अस्पताल लाने तयारी भइरहेको क्वारेन्टाइन ब्यवस्थापन समिति मेचीनगर संयोजक नबिन बरालले बताए ।

आजनै झापाको बुद्धशान्ती गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जना, हल्दिबारी गाउँपालिकाको क्वारेन्टाइनमा २ जना र बिर्तामोड नगरपालिकाको क्वारेन्टाइनमा २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको चौलागाईंले जानकारी दिए ।

आज थप १३ जनामा संक्रमण पुष्टि भएसंगै झापा कोरोना संक्रमितको संख्या २०५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्