News Portal

  • उपत्यका प्रवेश गर्नेहरुले १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने

    रातोपोस्ट संवाददाता
    ४५४ पटक

    काठमाडौँ । राजधानी बाहिरबाट आएका मानिसले १४ दिन होम क्‍वारेन्टाइनमा नबसी कोरोना संक्रमणको परीक्षण गर्न नपाउने भएका छन् ।

    कोरोना परीक्षण गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा चाप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेले १४ दिन क्वारिन्टिनमा बस्नुपर्ने र त्यसपछि लक्षण देखिएमात्रै परीक्षणमा आउने गरी नयाँ व्यवस्था लागू गरेको हो ।

    स्वास्थ्य मन्त्रालयको उक्त व्यवस्था कडाइकासाथ लागू गर्न गृह मन्त्रालयले मंगलबार उपत्यकास्थित तीनवटै प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बाहिरी जिल्लाबाट आउनेको हकमा १४ दिन घरमै क्वारिन्टिनमा बस्नुपर्ने र त्यसपछि संक्रमणको लक्षण देखिएमात्रै जनस्वास्थ्य प्रयोगशालामा सम्पर्क गर्ने व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन दिइएको बताए ।

    भारतबाहेक तेस्रो मुलुकबाट आउनेलाई भने राजधानीमा होल्डिङ सेन्टरमा राखेर त्यहीबाट सम्बन्धित प्रदेश हुँदै जिल्लाबाट स्थानीय तहका क्वारिन्टिनमा लैजाने व्यवस्था गरिएको छ ।

    असार १ गतेबाट लकडाउन खुकुलो बनाएसँगै बाहिरी जिल्लाबाट मानिस आउनेको चाप बढेको छ । बाहिरबाट आउनेको चापले प्रयोगशालामा परीक्षण गराउन जानेको संख्या पनि बढेको हो ।

    त्यसलाई मध्यनजर गरेर मंगलबार स्वास्थ्यको सिफारिसमा गृहले १४ दिन अनिवार्य होम क्वारिन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको हो । कान्तिपुर

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)