News Portal

चितवनमा ५० बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

रातोपोस्ट संवाददाता
८५९ पटक

चितवन,असार १३ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको शनिबार बिहान मृत्यु भएको छ ।

कैलालीका ५० वर्षीय पुरुषको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

पौडेलका अनुसार ती व्यक्ति असार ११ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । लामो समयदेखि फोक्सोको क्यान्सर रोगबाट ग्रसित उनीमा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

गम्भीर अवस्थामा भर्ना गरिएका उपचाररत उनको मृत्यु भएको हो। याे सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्