News Portal

लकडाउनलाई साउन ७ सम्म कायम राख्ने सरकारी निर्णय

रातोपोस्ट संवाददाता
८०३ पटक

काठमाडौं । सरकारले गत चैत ११ गतेदेखिको जारी लकडाउनलाई जारी राखेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको खुकुलो लकडाउन साउन ७ गतेसम्म लम्व्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । असार १ गतेदेखि यता लकडाउन खुकुलो बनेको थियो । हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म लम्ब्याउन निर्णय भएको बैठकपछि एक मन्त्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)