News Portal

नेपालमा आज एकैदिन ४८२ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १४ हजार नाघ्याे

रातोपोस्ट संवाददाता
७३४ पटक

काठमाण्डाै,असार १६ नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा पाँच सय २२ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार एक सय १७ महिला र तीन सय ६५ पुरुषमा काेराेना देखिएको छ । कुल सङ्क्रमितमध्ये महिला एक हजार सात सय ७४ र पुरुष १२ हजार दुई सय ७२ जना रहेका छन् ।

अहिले देशभरिका क्वरेण्टीनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । यस्तै देशका विभिन्न अस्पतालका आइसोलेशनमा नाै हजार तीन सय ६० जना उपचाररत रहेका छन् । बुधबारसम्म चार हजार ६ सय ५६ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

त्यस्तै नेपालमा काेराेना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या ३० छ ।

प्रतिकृया दिनुहोस्