News Portal

  • गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    रातोपोस्ट संवाददाता
    २७५ पटक

    कास्की, असार १८ । गण्डकी प्रदेशमा कोरोनाभाइरसका ८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेशका ४ जिल्लामा गरी ८ जना नयाँ संक्रमित थपिएका हुन् ।

    बिहीबार थपिएका संक्रमितमध्ये बागलुङमा एक पुरुष, स्याङ्जाको कालिगण्डकी र वालिङमा एक–एक गरी दुई पुरुष रहेका छन् । यसैगरि, तनहुँको ऋषिङ गाउँपालिकामा ३ पुरुष र पर्वतको फलेबास, कुश्मामा गरि दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १०१४ पुगेको छ । कोरोना संक्रमणबाट यो प्रदेशमा दुई जनाले ज्यान गुमाई सकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)