News Portal

नेपालमा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १५४९१

रातोपोस्ट संवाददाता
५३० पटक

काठमाडाैं, असार २०। नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको छ। बिहीबार मात्र दुई सय ३२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार चार सय १५ पुगेको छ। पछिल्लो २४ घण्टामा २७२ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३३ हजार एक सय २५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ४२ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २३ प्रयोगशाला चार हजार ५० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ४६ हजार दुई सय ९४ र आरडीटी विधिबाट तीन लाख १० हजार तीन सय नमुना परीक्षण गरिएको छ । मृतकको संख्या भने ३४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्