News Portal

  • प्रधानमन्त्री ओलीले भने-‘राष्ट्रपति र मविरुद्ध षड्यन्त्र गर्नेहरुले आ–आफ्नो कित्ता क्लियर गरे हुन्छ ।’

    रातोपोस्ट संवाददाता
    ५१८ पटक

    काठमाण्डौ,असार २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्य मन्त्रीहरुसँग छलफल गर्नुभएको छ ।

    शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीले साँझ सङ्घीय सरकारका मन्त्री र राज्यमन्त्रीसँग भेट गरेेेेका हुन ।

    पार्टीभित्रको विवाद चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गर्नुभएको हो ।

    मन्त्रिपरिषद्का सदस्यहरुसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीभित्रको पछिल्लो विवादबारे जानकारी गराएका थिए ।

    प्रधानमन्त्री ओलीले एकता गम्भीर मोडमा पुगेको कुरा राखेको र आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको कुरा दोहोराउँदै अहिले आफूलाई घेराबन्दीमा पारेको बताए छलफलमा सहभागी एक मन्त्रीको भने ।

    प्रधानमन्त्रीले अब जे पनि हुनसक्ने सङ्केत गर्दै सबैलाई जो जताको पक्षमा हुनुहुन्छ त्यता नै रहन सुझाव दिएको पनि उनले बताए ।

    छलफलका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउने र आफूलाई पदबाट हटाउने तयारी भइरहेको समेत बताए ।

    उनले आफ्नो प्रधानमन्त्रीको पक्षमा जाने कि ? विपक्षमा बस्ने भन्नेबारे लाइन क्लियर गर्न पनि मन्त्रीहरुलाई आग्रह गरिएकाे बुझिएको छ ।

    प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीसँग एक घण्टाभन्दा धेरै समय छलफल गरेेेेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)