रातोपोस्ट संवाददाता

काठमाडौं,असार २१ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको छलफल सकिएको छ।
आफ्ना पक्षमा दुई/दुई जना नेताहरू पनि सँगै राखेर प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आइतबार झन्डै डेढ घन्टा छलफल भएको छ।
आजको छलफलमा के-के कुराकानी भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ।