News Portal

  • आज थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १६ हजार नाघ्यो

    रातोपोस्ट संवाददाता
    ४०१ पटक

    काठमाडौं, असार २३। आज नेपालमा थप २ सय ४ जना कोरोनाबाट संक्रमित भएका छन्। यो सहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।

    त्यस्तै २४ घण्टामा ६ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित ७ हजार ४ सय ९९ जना निको भइ घर फर्किएका छन्। हालसम्म ४६.४ प्रतिशत निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ।

    विगत २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६१ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)