News Portal

नवलपरासीमा बाढीले डाइर्भसन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रातोपोस्ट संवाददाता
५२१ पटक

चितवन, असार २७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटम बाढीले डाइभर्सन बगाउँदा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ।

गैँडाकोट नगरपालिका-९ थुम्सीस्थित जयश्री पुल नजिक खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिए।

‘लगातारको वर्षापछि ठूलो बाढी आयो, कल्भर्टमा राखिएको ह्युम पाइपमा पानी नअटेपछि कल्भर्ट बाढीले बगायो,’ एसपी रेग्मीले नेपालखबरसँग भने, ‘कल्भर्ट बगेकाले शनिबार बिहान चारबजेदेखि सडक अबरुद्ध छ। दुबै तर्फका सबारी साधन रोकिएका छन्। बगेको कल्भर्ट पुनः बनाएर सडक सुचारु गर्ने प्रयास हुँदैछ।’

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले सडक अबरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बीच बाटोमै रोकिएका जानकारी दिए

नारायणगढ-बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो।

सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ। गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम चलिरहेको छ।

प्रतिकृया दिनुहोस्