News Portal

नक्कली फाइल खडा गरी मिर्गौला प्रत्यारोपण गरेको आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

रातोपोस्ट
८६७ पटक

काठमाडौँ, असार २८ । जिल्ला अदालत ललितपुरले मिर्गौला तस्करीको अभियोगमा पक्राउ परेका १२ जनालाई थुनामा राख्न आदेश दिएको छ । उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले आइतबार प्रहरीलाई अनुमति दिएको हो ।

अवैध मिर्गौला प्रत्यारोपन गरेको भन्दै नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ३ चिकित्सक, एक वडाअध्यक्ष, दुई प्रहरी र जिल्ला प्रशासन कार्यालयका दुई कर्मचारीलाई पनि पक्राउ गरेको छ ।

भरतपुर मेडिकल कलेजका डाक्टरहरु राकेश कुमार बर्मा, सुप्रभात श्रेष्ठ र बालकृष्ण कालाखेती, ललितपुर महानगरपालिका– ३ का वडा अध्यक्ष गोपाल मर्हजन, प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र प्रहरी नायब निरीक्षक योगेन्द्र थपलिया पक्राउ परेका ब्यूरोका एसपी प्रभु ढकाल बताउँछन् ।

एसपी ढकालका अनुसार जिल्ला प्रशासन कार्यालयका तत्कालीन खरिदार नवराज केसी र कार्यालय सहायक रामकुमार केसी पनि पक्राउ परेका छन् । त्यस्तै कलेज अफ मेडिकल साइन्सेज टिचिङ हस्पिटल भरतपुरका कानुनी सल्लाहकार रमेश काफ्ले, जिप्रका चितवनमा प्रशासकीय अधिकृतमा कार्यरत रामचन्द्र ढकाल, जमुना राज भण्डारी र रेश्मा राई पक्राउ परेका छन् ।

२७ जेठ २०७६ मा चितवन मेडिकल कलेजमा अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनीहरु समेतको मिलेमतोमा सरकारी कागजात कीर्ते गरेर मिर्गौला प्रत्यारोपण गरिएमने ब्यूरोले जनाएको छ । उनीहरुले नक्कली भाञ्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रातोपाटी

प्रतिकृया दिनुहोस्