News Portal

बिहीबारदेखि अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

रातोपोस्ट संवाददाता
३५० पटक

काठमाडौं, असार ३१। जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था भोलि बिहीबारबाट हट्ने भएको छ । अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने भएका छन् ।

लकडाउनपछि बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणलाई सुविधा दिन शुल्क नलाग्ने निर्णय गरेका थिए। साउन १ गतेबाट शुल्क लिने नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई छाडिएको छ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंक एशोसिएसन र नेपाल वित्तीय संस्था संघले बुधबार एक विज्ञप्ति जारी गर्दै शुल्क लिने नलिने निर्णय संबन्धित बैंक वित्तीय संस्थालाई जिम्मा दिइएको जनाएको छ।

यसको अर्थ अब बैंक तथा वित्तीय संस्थाहरुले शुल्क उठाउन पाउने छन्। शुल्क लिन नपाउँदा बैंकहरुको आम्दानी घटेको थियो। नेपाल क्लियरिङ हाउसले दिने अन्तर बैंक भुक्तानी सेवामा पनि उसले शुल्क निर्धारण गर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)