News Portal

  • झापाको सीमा पोष्टमाथि फेरि भारतीय समूहको आक्रमण

    रातोपोस्ट
    ४०६ पटक

    झापा, साउन ४ । झापाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रस्थित गौरीगञ्ज गाउँपालिका-५ स्थित डाँगीटोलामा रहेको सशस्त्र प्रहरीको पोष्टमाथि भारतीय अज्ञात समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका छन्।

    नेपाल-भारत सीमा क्षेत्रको सशस्त्र प्रहरी पोष्टमाथि शनिबार राति ९ः१५ मिनेट समयमा करिब ४० र ५० जनाको संख्यामा आएका घरेलु हतियारधारीको एक समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका हुन्।

    घाइते ती प्रहरी जवानको शरीरमा चोटपटक लागेको बताइएको छ।

    डाँगीटोलास्थित पिलर नं १५२ को करिब ३०० मिटर पूर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोष्टमाथि एक्कासि आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको सीमा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरीक्षक साइमण श्रेष्ठले बताए।

    झडपमा आक्रमणकारीले भाला, खुकुरी, रड, दाउलगायतका घरेलु हातहतियार प्रयोग गरेका थिए। हवाईफायरपछि आक्रमणकारी तितर बितर भएका र भारततर्फ नै भागेका प्रहरीले जनाएको छ। भारतीय तस्करले नेपालतर्फ मालसमान लान नपाएको झोकमा प्रहरीमाथि आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

    लामो समयसम्म लकडाउनका कारण सीमा क्षेत्रमा सशस्त्र प्रहरीले कडारूपमा गस्ती तीव्र बनाउँदै आएपछि तस्करीले नेपालतर्फ समान ढुवानी गर्न पाएका छैनन्। झापा गाउँपालिकास्थित सीमा क्षेत्रमा भारतीय समूहले त्यसरी नै आक्रमण गरेको थियो। रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)