News Portal

नेकपा स्थायी कमिटी बैठक एक हप्ता स्थगित

रातोपोस्ट संवाददाता
४८७ पटक

काठमाडौं, श्रावण ६ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। पटक पटक स्थगित हुँदै आएको बैठक फेरि १३ साउन बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो।

यसअघि बैठक आज बिहान ११ बजेका लागि तय गरिएको थियो। त्यसपछि आजै बिहानै बैठक एक बजे बस्ने भनेर सूचना जारी गरिएको थियो। १० असारबाट शुरू भएको बैठक पार्टीभित्रको विवाद चुलिएपछि अवरुद्ध हुँदै आएको छ।

यद्यपि, बैठक आज भने केहीबेर बसेको थियो। स्थायी कमिटी बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको थियो।

प्रतिकृया दिनुहोस्