News Portal

  • सागका पदक विजेता खेलाडीलाई कांग्रेसले सम्मान गर्ने

    रातोपोस्ट संवाददाता
    ७१५ पटक

    काठमाडौं, साउन ६ । नेपाली कांग्रेसले १३औं साग प्रतियोगितामा स्वर्णपदक जितेका खेलाडीलाई सम्मान गर्ने भएको छ । कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत संयोजकत्वको खेलकुद विभागले सो निर्णय गरेको हो ।

    विभागले तत्काल स्वर्ण विजेताहरुलाई सम्मान गर्ने र रजत तथा कास्यपदक जितेका खेलाडी र प्रशिक्षक र व्यवस्थापकबारे पछि निर्णय गर्ने जनाएको छ । स्वर्ण जितेका खेलाडीहरुको सन्दर्भमा एउटा जित्नेलाई १० हजार र थप स्वर्ण जित्नेलाई प्रतिस्वर्ण पाँचहजारका दरले थपेर दिने निर्णय गरेको छ ।

    साथै, कांग्रेस केन्द्रीय खेलकुद विभागले ८औँ राष्ट्रिय खेलकुद प्रतियोगिता र १३औँ दक्षिण एसियाली खेलकुदमा भएको खर्चको पारदर्शी हिसाब देखाउन पनि सरकारसँग माग गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)