News Portal

  • काठमाडौंमा पहिरोले पुरिएर जुम्ल्याहा बालबालिकाको मृत्यु

    रातोपोस्ट संवाददाता
    ४४८ पटक

    काठमाडौं, श्रावण ६ । काठमाडौंको टोखामा गएको पहिरोले जुम्ल्याहाको मृत्यु भएको छ। आज बिहान टोखा नगरपालिका-१, तासीडाँडामा पहिरो खस्दा तीन वर्षीया सचिन रानामगर र सन्ध्या रानामगरको मृत्यु भएको हो।

    बिहान १० बजे खाना खाइरहेका बेला पहिरो खसेर पुरिँदा उनीहरूको मृत्यु भएको टोखा-१ का अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। स्थायी घर धनकुटा भएका उनीहरू बुबाआमासँग बस्दै आएका थिए।

    उनीहरूका बुबा कुमार रानामगर कुखुरा फार्म तीन वर्षदेखि सञ्चालन गर्दैै आएका छन्। “बिहान १० बजेतिर ७/८ जना खाना खाइरहेका बेला अचानक पहिरो खस्दा दुईजना जुम्ल्याहा बच्चाको मृत्यु भएको हो,” वडाध्यक्ष अधिकारीले भने, “पहिरो आएको थाहा पाएपछि खाना खाइरहेका अरू भाग्न भ्याएका थिए।”

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)