News Portal

चितवनबाट प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज सहित ८ जना पक्राउ ।

रातोपोस्ट संवाददाता
६४५ पटक

चितवन, साउन १३ । प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसी ‘शार्दूल’ र दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल विक सहित ८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

जिल्ला इन्चार्ज बीसी र विकलाई प्रहरीले पूर्वी चितवनको रातौलीबाट गिरफ्तार गरेको बताइएको छ भने बीसी, विकसहित ८ जनालाई प्रहरीले गिरफ्तार गरेको खबर प्राप्त भएको छ। बीसी र विकसँगै गिरफ्तार हुने अन्यको नामावली प्राप्त भएको छैन । सोमबार साँझ घरमा बसिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ ।

सरकार फरक राजनीतिक आस्थाकै आधारमा नेकपाका नेता–कार्यकर्ताहरूलाई घरघरमा छापामारेर गिरफ्तारी, दमन र धरपकडमा उत्रिएको भन्दै नेकपाले आक्रोश व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्