News Portal

जेलमा रहेका विप्लवका नेतालाई बुवाकाे चिठी-बरु सहिद बन्नु,आत्मसमर्पण नगर्नु।

रातोपोस्ट
३०१८ पटक

मेरो हृदयसँग गाँसिएको प्याराे छाेरा सुमनसिंह पाैडेल तिमी मानव मुक्तिका खातिर आफुले आफ्नो सुख आनन्द र व्यक्तिगत खुसी समेत त्यागेर घरपरिवारकाे मायालाई समेत त्यागेर कयौंपटक जेल जीवन विताउँदै सामना गर्दै आउने क्रममा मिति २०७६ माघ १२ गते सुनसरीकाे चक्रघट्टिबाट पुन पक्राउ परेका छाै।

हामी आमाबुबा तिम्रो यो निष्ठा ,त्याग र समर्पण भावप्रति सम्मान र गर्व गर्छाैँ। तिमी हिँडेको बाटो मानव मुक्तिका निमित्त सहि बाटो भएकोले कहिँ कतै विचलित नभई सरासर हिँडिरहनु, केहिबेर ढिला हुनसक्छ, केही क्षति बेहोर्नु पर्ने हुनसक्छ, बलिदान हुन सक्छ नआत्तिनु। हामी यतिबेला तिमिलाई र क्रान्तिमा लागेका सबै छाेराछाेरीहरुलाई शक्तिशाली बनेर आफ्नो उद्देश्यप्रति दृढ रहनु भन्न चाहन्छौं । तिमिले काहिँबाट पनि पराजय भाेग्नु नपराेस। तिमि गन्तव्यमा पुगि छाड्ने हामी आमाबुबाकाे तर्फबाट आशिर्वाद छ।

छाेरा सुमनसिंह म आफू र आमा पनि जिवनपर्यान्त मालेमावाद कै बाटोमा हिँडिरहेका छाैँ। यद्यपि हाम्रो युवा जिवनकाे क्रान्तिकारी गतिशीलता यतिबेला छैन शरीर बुढाे भयो, तर वैज्ञानिक समाजवाद, साम्यवाद प्राप्ति र स्थापनाकाे त्यो मंजिलप्रति हामी विश्वस्त छाैँ। मैले नेपाली सेनामा जागिर खाइरहेका समय २०३३ जतिबेला म २२ बर्षकाे थिएँ ।

माघ ०५ गतेका दिन इलामको चैमता (महभिर) भन्ने गाउँमा अवस्थित डम्बरबहादुर बस्नेतको घरबाट आफू कम्युनिस्ट भएको घाेषणा गरेँ। हाम्रो सिँगाे सन्तान काङ्ग्रेस भएको त्यो समय आफुलाई कम्युनिस्ट घाेषणा गर्नु आफैंमा क्रान्ति थियोे । मलाई कम्युनिस्ट बनाउने गुरु कमरेड रत्नकुमार वान्ताव राई हुनुहुन्थ्यो ।

आज म मालेमावादकाे आलाेकमा विश्वमानव मुक्तिकाे सपना बाेकेर संघर्षशिल भएको ४३ बर्ष भयो । मैले कम्युनिस्ट बनेर नेपाली सेना छाेडेँ। कम्युनिस्ट बनेर कयौं सुख सुविधा छाेडेँ, कयौं अवसरहरु छाेडेँ। गरिब, श्रमजीवी, सर्वहारा बर्गकाे मुक्तिका खातिर मैले जिवनका कयौं महत्त्वपूर्ण पाटाेहरु छाेडेँ र गुमाएँ । जिबनकाे उर्वर समय क्रान्तिकारी काममा विताएँ त्यसैले मैले परिवारलाई राम्रो समय दिन सकिन । जसको असर अहिलेसम्म देखिन्छ ।

मैले तत्कालीन पञ्चायती व्यवस्थाका बिरुद्धमा झापा, इलामका पाखा पखेरा, भिरपहरा, खाेलानाला, तराई फाँट, उकाली ओराली, खाइ नखाई, सुति नसुति,बज्र गाेमनसाप भलबाडि लगायत कयौं दुख खपेर हरेक पटक जनताको मुक्तिका खातिर तत्कालीन साम्यवादका विरुद्ध संयुक्त र आवश्यकतामा सशस्त्र संघर्ष समेत गर्दै आएँ।

आजसम्म म वैज्ञानिक समाजवाद हुँदै साम्यवाद सम्म पुगेर पुरै संसारलाई स्वर्ग बनाउनका खातिर एउटा क्रान्तिकारी कम्युनिस्ट बनेर उभिरहेकाे छु। मैले आफ्नो ठाउँबाट छलफल, अन्तरक्रिया र बहस गर्दै आइरहेको छु। यतिबेला दलाल पुजीवादी व्यवस्थामा सत्तासिन जाे काेहिहाेस पियन देखि राष्ट्रपति सम्म सबैकाे सम्पत्ति छानबिन हुनैपर्छ ।

उपभोक्तवादि संसदीय व्यवस्थाका सबै निकाय वैधानिक भ्रष्टाचार गरिरहेका छन्, सबैलाई कडा कारबाही गर्नुपर्छ । ५०/ ५० मिटरमा भ्रष्टाचार छ यो राेक्नुपर्छ। सिमा अतिक्रमणका विषयमा प्रतिरोध संघर्ष उठाउनुपर्छ। लागुआैषध दुर्ब्यसनिकाे अन्त्य गर्नुपर्छ, सामाजिक सुरक्षा कायम गराउनुपर्छ, गुन्डागर्दी अन्याय र अत्याचारको निर्मुल गर्नुपर्छ।

दलाल माफियाहरुलाई यो देशबाट लखेट्नुपर्छ। एकपटक यो मुलुकको राजनितीक, आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा, उद्योग, व्यापारका क्षेत्रमा गिजाेलिएर रहेको विषाक्त दलाल प्रवृत्तिको साफ गर्नुपर्छ।

यसको निमित्त तिमिहरुकाे पार्टी र तिमिहरुले उठाएको आन्दोलनप्रति जनता आशावादी छन्। विश्वस्त बन्दै गएका छन्। वर्तमान प्रधानमन्त्री केपि ओलि जि लाई आफ्नै वरिपरिको ठुलो घेराले केही साेच्न र केहि गर्न दिएको जस्तो लागेको छैन। दलाल र माफियाहरुले विप्लव कमरेडकाे विचारमाथि प्रतिबन्ध लगाउँदै दमनमा उत्रन केहीलाई सुझाएकाे देखिन्छ ।

यो मुलुकलाई नयाँ ठाउँमा लाने हाे भने केपी कमरेडले संवादकाे पहल गर्न आवश्यक छ र एकपटक विप्लव कमरेड सकारात्मक बनेर संवादमा सहभागी हुन जरुरी छ।

जिवनकाे सारा समय त्यो सुन्दर वैज्ञानिक समाजवाद / साम्यवादकाे सपना, मुल्य मान्यतामा समाहित गरियो । भाेगाइका आफ्नै कथाहरु छन्। कतिपय पढेका, सुनेका, देखेका र भाेगेका अनुभुती छन्। छाेराछाेरी हो असत्यकाे हार हुन्छ, यो अनिवार्य छ।

बरु सत्यकाे विजय हुनै आँटेकाे छ। सत्यकाे विजय हुन भनेकाे गरिवहरुकाे झुपडीमा परिवर्तनको आकांक्षा चुलिनु हो । त्यो विस्तारै हुर्किँदै छ। यसले स्पस्ट बनाएको छ, यो देशमा वैज्ञानिक -समाजवाद स्थापनाकाे आन्दोलन सफल हुनेछ । सगरमाथामा राताे झन्डा फर्फराउने छ। अपराधीहरु र तिनका सेवकहरुकाे अवसान निश्चित बनिसकेको छ।

प्रतिक्रियावादी कागजि बाघहरुका परिवन्दमा परेर सत्ताभित्र बसेका धेरै इमानदार, देशभक्त, राष्ट्रवादीहरुले राष्ट्र र जनताको बारेमा साेच्न र काम गर्न पाएका छैनन् । यो मुलुककाे भविष्य साेच्ने तिमिहरु जस्तो कयौं क्रान्तिकारी देशभक्त युवाहरूको हत्या गरिएको छ, कैयौंलाई जेल हालिएको छ, कैयौंलाई यातना गृहमा यातना दिइएको छ।

सत्य फेरिपनि सत्य हो, जसको बिजय सुनिश्चित छ। असत्यकाे पराजय र अवसान अनिवार्य छ। नेपालको संविधान २०७२ मा समाजबाद उन्मुखको चर्चा गरिएको छ। समाजबाद भनेको ठेकेदारहरुलाई, माफियाहरुलाई मुलुक लुटाएर बहुसंख्यक नागरिकलाई कंगाल,भोकमारी बनाउनु होइन।

बरु निजिकरण,उदारीकरणको अन्त्यसंगै आम श्रमीक जनतालाई श्रममा जोडेर सबैलाइ बराबर र समान बितरण गर्नु हो। भनाइ र व्यबहारमा तादम्यता केही छैन। यसले नेपालमा आम नेपाली जनतामा आक्रोश पैदा भएको छ। नागरिकहरु बिस्तारै बिस्तारै सडकमा निस्कन थालेका छन।

यो प्राविधिको युगमा सबैले आइ.टि. सेनाको भुमिका निर्बाह गर्दै सामाजीक संजाल मार्फत सरकारलाई खबरदारी गरिरहेका छन। सरकारका केही काम राम्रा भएतापनी माफियाहरुको चर्को प्रभाबमा प्रधानमन्त्री केपि वली निरीह बन्न पुगेका छन। संबैधानिक निकायहरू, अख्तियार आयोग, मानव अधिकार आयोग, न्यायलय बिधिको शासन कायम गर्न प्रयत्नशील देखिन्छन् ।

यो सुखद भएपनि दलाल पुजिबादको प्रभावमा परेको बर्तमान सत्ता देशभक्त, रासट्रबादी, समाजबादी मस्तिष्कहरुलाई काम गर्न दिइरहेको छैन। विभिन्न प्रभाबमा पारिरहेको छ। जनताको असन्तोष सडकमा पोखिने क्रम जारी छ। आत्मदह गर्न तयार छन, बलिदान गर्न तयार छन। त्यसैले तिमिहरुले अगाडि सारेको बिचार, बर्तमान सत्ताको विकल्प अब अबस्य सत्य बनिसक्यो। जसलाई नेपालमा स्थापित गर्नै पर्छ र दुनियालाइ साम्यवादको निम्ती अपिल गर्नु पर्छ।

नेपालका बौद्धिकहरु बोलिरहेका छन। बुद्दिजिबीहरुले बर्तमान सत्ता सङ्कट्लाई उजागर गरिरहेका छन्, सडक तातिरहेको छ। आम उत्पीडित देशभक्त नेपाली नागरिकहरुको दिमागमा बिद्रोह जुर्मुराउन थालेको छ। त्यसो हुदा क.बिप्लबले यतिबेला उठाएका रास्ट्र र जनताका विषयका माग र मुद्दाको वरिपरि जनता आइरहेका छन। अब सडकबाट जनताले गिरफ्तारिमा परेका हजारौं देशभक्त छोराछोरीहरुलाइ निकाल्ने छन। प्रतिबन्धको बिरोधमा आवाज बुलन्द गर्ने छन। आम बिद्रोही मनोबिज्ञानको नेतृत्व सडकमा आएर गर्न नेपालका बिद्वान, बुद्दिजिबीहरुले बिप्लब कमरेडलाई अपिल गर्ने छन। (नेकपा)काे बैठकमा पनि धेरै बिषयहरु उठेका छन। त्यहा भित्रको असह्य भावना पनि बिस्तारै देशभक्त, राष्ट्रवादी र क्रान्तिकारीधार तर्फ ध्रुबिकरण हुने छ ।

छाेरा-छाेरीहरु वैज्ञानिक समाजवादी /साम्यवादी विचारधार आजसम्म प्रचलित बिचारधार मध्य सबैभन्दा लाेकप्रिय बिचारधार हाे ।किनभने त्यो बिचारधार ,व्यवस्था नाफाखाेर ,पापिस्ट पुजीवादकाे खरानीबाट उठेर विश्वका आम जनतालाई सुख र खुसी दिन सक्ने विचारधारा हाे।यसमा साँच्चै कम्युनिस्टहरुका बिच कुनै विमति छैन ।देशभक्त ,बुद्धिजीवी ,क्रान्तिकारी ,सेना ,प्रहरी ,कर्मचारी लगायत कसैमा पनि यो विचार र व्यवस्था प्रति अरुचि छैन।

त्यसैले यसको लाेकप्रियता देखेर दलाल संसदीय व्यवस्थाका अपराधीहरु जनतालाई यातना दिँदै ,हत्या गर्दैछन् । झुठो अभियाेगहरु लगाएर दुख दिँदैछन्।नेपालमा बिद्यमान प्राचीन धर्म, संस्कार र संस्कृतिकाे बलात्कार गरिरहेका छन्। यसको लाेकप्रियता र भावि दिनमा हुने विशाल जनविद्रोहकाे सम्भावनाबाट अतालिएकाे साम्राज्यवाद -विस्तारवाद र नेपाली घरेलुु प्रतिक्रियावादीहरु भनेकै जनविरोधी, राष्ट्रविराेधि, सम्विधानकाे मुल्य र मर्म बिराेधि विधेयकहरु ल्याइरहेका छन्। उनिहरुकाे पराजय र जनताको विजय उनिहरुकै विभिन्न कुकृत्यहरुले सुनिश्चित गरिरहेको छ। जाे निरन्तर जारी छ।

भौतिकवादि दृष्टिकोण अनुसार हरेक घटना या परिणामका पछाडि त्यसलाई जन्म दिने केही अनिवार्य कारण हुन्छन् । परिणामलाई सहि तरिकाले बुझ्नका लागि त्यसका कारणहरुलाई सहि तरिकाले बुझ्न जरुरी छ । वैज्ञानिक समाजवादकाे विकल्पमा नेपालमा अब अर्को विकल्प छैन भन्ने आवाज उठ्न थालेको छ।

यसको अन्तर्यमा रहेका कैयौं कारणहरु नेपाली समाजका विद्यमान संकट हुन् र साे संकट पैदा गर्ने पुजीवादी व्यवस्था र नेताहरू हुन् । छाेरा-छाेरीहरु विज्ञानले कहिलेपनि हरेस खाएर पछि हटेको इतिहास छैन। विज्ञानले आफ्नो श्रेष्ठता सावित गरेर देखाइरहेकाे छ। यो निस्चित हाे वैज्ञानिक समाजवादले यतिबेला विश्व भुमण्डलिकरण र विश्व निगम पुजीवादी राजनीतिक माेर्चामा केही पराजय जस्तो भाेग्न पुगेको छ। तर कसैले पनि समाज विज्ञानमा गरेको नवीन अनुसन्धान समाजवादी -साम्यवादी सभ्यताको परिकल्पनालाई गलत सावित गर्न सकेको छैन।

विश्वमा निम्तिएकाे पुजीवादी व्यवस्थाले पैदा गरेको पर्यावरणीय संकट, मानव दुखले वैज्ञानिक समाजवाद / साम्यवादलाई अब अनिवार्य बनाउँदै लगेकाे छ। पुजीवादीहरुपनि समाजवादकाे नाम र झणडा ओड्न बाध्य छन्। नेपालमा कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादकाे लाेकपृयता देखि हायल कायल बनेका दलाल पुजीवादीहरु संविधानमा समाजवाद सम्बन्धि कुरा राख्न र समाजवादप्रति प्रतिबद्ध भन्न बाध्य परेका छन्। छाेरा..घाँसमा हुने हरियो सर्प साह्रै खतरनाक हुन्छ। किनकि त्यसको हरियो रंगको कारण घाँसमा सजिलै लुक्नु र छल्न सक्छ ।

त्यस्तै वैज्ञानिक समाजवाद / साम्यवादकाे नाराकाे आवरण भित्र दलाल पुजीवादीकाे सेवा गर्नेहरु त्यस्तै राताे झन्डाका विरुद्धमा राताे झन्डा बाेक्नेहरु र कम्युनिस्ट पार्टी नामको विरुद्ध कम्युनिस्ट पार्टी नाम राख्नेहरु धेरै खतरनाक हुने गर्छन् । यतिबेला कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवाद /साम्यवादकाे नाराकाे लाेकप्रियता र आकर्षणलाई फिक्का र निस्प्रभावित बनाउन दलाल पुजीवाद लागेको छ। यसको निम्ति साँच्चै कुरा सहि र सत्य विषय जनतालाई भन्नुपर्छ । जसको निम्ति आफ्नो बिचार, दृष्टिकोण र आदर्श बचाएर, अडिग भएर सुर्य जस्तो तेजिलो भएर, पराक्रमी भएर सत्य ‘सुर्य’जस्तो खडा हुनुपर्छ । भ्रमकाे पराजय र सत्यकाे जित अवस्य हुनेछ।

यही सत्य अर्थात नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तिले अगाडि सारेका बिषयहरुलाई छाेप्न तिमिहरुमाथि प्रतिबन्ध लगाएर पुँजिवादले विभिन्न यातना दिईराखेकाे छ। यो पुजिवादकाे पराजय हो, जनताको विजय हो । माक्र्स, एंगेल्स, लेनिन र माओहरुले राज्य व्यवस्था दुई प्रकारले विकास, परिवर्तन र रुपान्तरण हुन्छन्, भनेर अनुसन्धान गर्नुभयो ।

पहिलो स्वस्फूर्त तरिकाले र दाेस्राे सचेत पहलद्वारा, छाेरा यथास्थिति बुर्जुवा पुजीवादी हो । यसले परिवर्तनलाई न हिजो राेक्न सक्यो न अब पनि राेक्न सक्छ। क्रान्तिकारीहरुलाई सचेत पहल मार्फत यथास्थितिलाई भत्काउनु पर्छ।

मेरो तिमिलाई सुझाव बरु ‘सहिद’बन्नु तर आत्मसमर्पण कहिल्यै नगर्नु। किनकि आत्मसमर्पण जनता र राष्ट्रप्रतिकाे विश्वासघात हो, गद्दारी हो । म तिम्रो बलिदानप्रति गर्व गर्न सकाैँला तर आत्मसमर्पण सह्य हुँदैन । मैले यो कुरा गरेर तिम्रो निष्ठा राष्ट्र र जनता प्रतिकाे चिन्ता, पार्टी संगठन र क्रान्तिप्रतिकाे इमानदारितामा शंका गरेको होइन । मेरो छाेराप्रति मलाई पुर्ण विश्वास छ, जसको बाल आँखाहरुमा न्याय प्राप्तिको आकांक्षा थियोे । किशोर अवस्थामा सत्ताको रवैया विरुद्ध तिव्र घृणा र विद्रोह थियोे ।

युवा अवस्थामा यथास्थिति विरुद्ध टकराउने हिम्मत र प्रतिरोध देखिरहेको छु। छाेरा अवस्य तिमीहरू जस्तो देशभक्त क्रान्तिकारी युवाहरुप्रति आम उत्पिडित समुदायले गर्व गर्नेछन् । तिमीहरूकाे निष्ठा र आदर्शलाई लाखौं युवाहरूले पछ्याउने छन्। सत्यकाे जित अवस्य हुने छ । म पुनः भन्छु बरु बलिदान गरेर सहिद बन्नु तर लुटाहाहरुका अगाडि कहिल्यै घुँडा नटेक्नु धन्यवाद ।

उहि सौभाग्यशाली बुवा
गणेश बहादुर पाैडेल

लेखक : नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला इन्चार्ज एवम् मेचि-काेसी ब्युरो कार्यालय सचिव नेता सुमनसिंह पाैडेलका बुवा हुन्। समुनसिंह पाैडेल हाल सुनसरीकाे धरान कारागारमा छन्। उनी सुनसरीबाट गत माघ १२ गते नेकपा नेतृ उमा भुजेलसँगै गिरफ्तार परेका थिए। उनलाई जिल्ला अदालतले धराैटिमा रिहाइ गरेपनि प्रहरी प्रशासनले पुनः गिरफ्तार गरी विभिन्न जिल्ला घुमाइरहेकाे छ। केहिदिन अगाडि मात्रै संखुवासभामा धराैटि बुझाइ रिहाइ भएका पाैडेललाई प्रहरीले अदालत परिसरमै पक्राउ गरी धरान ल्याएको हो ।

प्रतिकृया दिनुहोस्