News Portal

  • अर्जुनधारा नगरपालिका पाँच दिन लकडाउन गर्ने निर्णय

    रातोपोस्ट संवाददाता
    ८०३ पटक

    झापा, साउन १७ । झापाको अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

    नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को शनिबार आकस्मिक बैठक बसी साउन १८ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि उक्त निर्णय गरेको हो ।

    अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायस्तरमा फैलन सक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए ।

    बिहीबारमात्र अर्जुनधारा वडा नम्बर १ का एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले यो कदम चालेको हो । उनका अनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । तर, सरकारी, बैंक, वित्तीय संस्था लगायतका कार्यालय खुल्नेछन् भने त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ ।

    मोटरसाइकल सञ्चालनको अनुमति पाएका व्यक्तिले अन्य व्यक्तिलाई चढाउन भने पाउने छैनन् । संघसंस्था तथा वित्तीय कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्यरुपमा मास्क प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड तय गरिएको छ ।

    यस्तै, नगरपालिका र वडा कार्यालय खुला रहे पनि साविकमा दिइँदै आएका सिफारिसलगायतका सेवाहरु बन्द रहने निर्णय गरिएको नगर प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए । बिरामी भएको अवस्थामा सम्बन्धित वडाध्यक्षको सिफारिसमा उपचारका लागि सवारीसाधन प्रयोग गर्न पाइने उनले बताए ।

    यसैबीच, पीसीआर परीक्षणको दायरा बढाउनका लागि आवश्यक पर्ने सामग्री भिटिएम किट खरिद गर्ने निर्णय पनि गरिएको छ । नगर स्वास्थ्य शाखा प्रमुख तथा सीसीएमसीका सदस्य सचिव मुकुन्द बस्नेतका अनुसार एक हजार थान भिटिएम किट खरिदका लागि आपूर्ति तथा क्वारेन्टाइन व्यवस्थापन समितिलाई जिम्मा दिने निर्णय भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)