News Portal

पछिल्लो २४ घण्टामा २ सय ४६ संक्रमित थपिए, संक्रमितको संख्या २० हजार ३ सय ३२ पुग्यो

रातोपोस्ट संवाददाता
६६२ पटक

काठमाडौँ, श्रावण १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ११ डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ।

आइतबार ८ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा। गौतमले बताए। हाल १० हजार ९ सय ३४ जना क्वारेन्टिनमा रहेका छन्।

प्रतिकृया दिनुहोस्