News Portal

नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण, संक्रमतिको संख्या २० हजार ७५० पुग्यो

रातोपोस्ट संवाददाता
७८५ पटक

काठमाडौं, श्रावण १९ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ३७ जनामा गरिएको पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको छ। सोमबार ३ सय ५८ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १४ हजार ९ सय ६१ जना उपचारपछि निको भएका छन्।

प्रतिकृया दिनुहोस्