News Portal

नुवाकोट बाट (योगमाया, टंककुमारी) क्रियाशील पत्रकारिता पुरस्कार बितरण गरिने।

रातोपोस्ट संवाददाता
६७३ पटक

बिदुर ,नुवाकोट।नुवाकोट जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएर हरेक हप्ता प्रकाशित हुने साप्ताहिक पत्रिका सुन्दरादेबी संदेश साप्ताहिकले अब आफ्नो स्थापनाको प्रत्येक बार्षिकउत्सबको अबसरमा स्व:योगमाया, टंककुमारी क्रियाशील पत्रकारिता पुरस्कार बितरण गर्ने भएको छ। सो पुरस्कारको राशि नगद ११ हजार १ सय ११ रहेको सुन्दरादेबि संदेश साप्ताहिकका प्रकाशक किरण अधिकारीले बताउनुभयो ।

सुन्दरादेबी संदेश साप्ताहिकको प्रकाशक किरण अधिकारीले स्थापना गर्नु भएको उक्त पुरस्कार अधिकारीकाे बुवाका आमा योगमाया अधिकारी र आमाको माता(आमा) टंककुमारी भण्डारीको स्मृतिमा स्थापना गर्न लागिएको अधिकारीले जानकारी दिनु भयो।

पहिलो पटक आफ्नो कार्यक्षेत्र नुवाकोट जिल्लामा लामो समय देखि सक्रिय एक जना पत्रकारलाई नगद सहित प्रदान गरिनेछ।प्रत्येक बर्ष प्रदान गरिनेछ, भने यसको पुरस्कार राशि पनि प्रत्येक वर्ष बढाउदै प्रदेश हुदै राष्ट्रिय रुपमा वितरण गरिने जानकारी गराउनु भएको छ।

साथै केहि समयमा योगमाया टंककुमारी स्मृति प्रतिष्ठान समेत दर्ता गरिने पनि अधिकारीले जानकारी दिनुभएको छ, संस्थाले प्रतिष्ठान दर्तापछि जिल्ला साथै देशभर सकेको सामाजिक कार्यक्रम सन्चालन गर्ने पनि जानकारी गराउनु भएको छ।

प्रतिकृया दिनुहोस्