News Portal

आज मेचीनगरमा २ संक्रमित थपिए, नगरमा संक्रमितको संख्या ९४ पुग्यो

रातोपोस्ट संवाददाता
३६५ पटक

झापा, साउन २७ । झापाको मेचीनगर आज २ जना कोरोना संक्रमित थपिएका छन । भारतको गोवाबाट आएर धुलाबारी स्थीत होटल रोयल निर्भान क्वारेन्टाईनमा बसेका पति पत्नीलाई आज कोरोना संक्रमण पुष्टी भएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नबिन बरालले बताए ।

३७ बर्षिय पति र ३० बर्षिया पत्नीलाई कोरोना संक्रमण देखिए पछि मेचीनगर ११ स्थीत धाइजन स्वास्थ्य चौकी आइशोलेशन भवनमा राखिएको छ । आज २ जना थपिएसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ । संक्रमित मध्ये ६६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

उपचार गरिरहेका २८ जना मध्ये ६ जना मेचीनगर- ११ धाइजनको आइशोलेशनमा रहेका छन भने २२ जना मोरङको गोठगाउँ आइशोलेशनमा रहेका नगरका सामाजिक बिकास समिति संयोजक बरालले जानकार दिए ।

प्रतिकृया दिनुहोस्