News Portal

बलिउडका नायक संजय दत्तलाई फोक्सोको क्यान्सर

रातोपोस्ट संवाददाता
४९४ पटक

काठमाडौं, साउन २७ । बलिउडका नायक संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । अब उनी उपचारका लागि अमेरिका उड्नेछन् । उनको मंगलबार कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो ।

संजयलाई फोक्सोमा भएको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा विताउनुपर्नेछ । उनी, आफू निको हुनेमा आशावादी छन् । भारतीय मिडियाको जानकारी अनुसार संजयको कोरोना रिपोर्ट सार्वजनिक भएपछि सलमान खान, अमिताभ बच्चन, अभिषेक बच्चन लगायतका नायकले फोन गरेका थिए तर उनले फोन नउठाएको उल्लेख छ ।

यसै बर्ष बलिउडका नायक ऋषि कपुर र इरफान खानको निधन पनि क्यान्सर रोगकै कारण भएको थियो । संजयले मंगलबार दिउँसो सामाजिक संजालमा ट्विट गर्दै आफूले केही समयका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए । उनले, आफ्नो साथमा आफ्नो परिवार रहेको भन्दै कुनै पनि खालको अड्कलवाजी नगर्न पनि फ्यानहरुसँग आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्