News Portal

आज रातिदेखि बुद्धशान्ति गाउँपालिका एक हप्ताको लागि लकडाउन गर्ने निर्णय

रातोपोस्ट संवाददाता
११०५ पटक

झापा, साउन २९ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै झापा बुद्धशान्ति गाउँपालिकाले आज राति १२ बजेदेखि लागु हुने गरी एकहप्ता सम्म गाउँपालिका क्षेत्र भित्र लकडाउन घोषणा गरेको छ ।

गाउँपालिकासँग सिमा जोडीएको नगरपालिकाहरुमा समुदायमा स्तरमा कोरोना संक्रमण बढे पछि गाउँपालिकाको आज बसेको बैठकले संक्रमण रोकथाम तथा नियन्त्रणका लागी आज राती १२ बजेदेखि भदौ ४ गतेसम्म ७ दिनका लागी लकडाउन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले बताए ।

गाउँपालिका निर्णय अनुसार पालिका भित्रका अत्यावश्यक सेवा वाहेकका सवै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था, कार्यालय, व्यापार, होटल, पसल र सपिङ मल वन्द गर्ने । त्यस्तै बुद्धशान्ति भित्र अत्यावश्यक र मालवाहक वाहेकका सवै सवारी साधन संचालन नगर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले बताए ।

प्रतिकृया दिनुहोस्