News Portal

परराष्ट्र मन्त्रालयका तीन सहसचिव राजदूतका लागि सिफारिस

रातोपोस्ट संवाददाता
५८३ पटक

काठमााडौं, भदौ २ । परराष्ट्र मन्त्रालयका तीन जना सहसचिवलाई राजदूतका लागि सिफारिस गरिएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

राजदूतका लागि सिफारिस हुनेमा परराष्ट्रका शिष्टचार महापाल गेहेन्द्र राजभण्डारी, दक्षिण पूर्वी एशिया तथा प्यासिफिक महाशाखा प्रमुख तापश अधिकारी र राहदानी विभागका महानिर्देशक रामकाजी खड्का रहेका स्रोतले जनाएको छ।

उनीहरूलाई पाकिस्तान, बेल्जियम र जर्मनीका लागि राजदूत सिफारिस गरिएपनि कसलाई कुन देशका लागि सिफारिस गरिएको हो भन्ने खुलेको छैन।

संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्नेछिन्।

प्रतिकृया दिनुहोस्