News Portal

बाढीपहिरोमा परेका मृतकका परिवारलाई दुई लाखका दरले राहत दिने सरकारको निर्णय

रातोपोस्ट संवाददाता
३६१ पटक

काठमाडौं, भदौ २। सरकारले बाढी पहिरोमा परेर मृत्यु भएका परिवारलाई २ लाख नगद दिने घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले बाढीपहिरोमा परेका घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई राहत दिने निर्णय भएको जानकारी दिए । तर, एउटै परिवारमा एकभन्दा बढी मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाखका दरले आर्थिक सहयोग गर्ने उनले बताए ।

बाढीपहिरोले घरबारविहीन भएकालाई तत्काल जुगाराका लागि पाँच जनासम्मको परिवार छ भने प्रतिपरिवार १५ हजार र पाँचभन्दा बढी सदस्य रहेका परिवार छन् भने प्रतिपरिवार २० हजार नगद सहयोग दिने निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)