News Portal

मेची अभियानद्वारा बाढी पिडित तारा शेर्माकाे घर शिलान्यास

रातोपोस्ट संवाददाता
८३४ पटक

झापा,भदौ ५ । झापाको कनकाई नदीले विस्थावित बनाए पछि विचल्लीमा परेकी तारा शेर्माले नयाँ घर पाउने निस्चित भएको छ । यस अघि नै घोषणा गरिएको घर आज भने शिलन्यास भई काम सुरु भएको अब घर बन्ने निस्चित भएको हो ।

शिवसताक्षी नगरपालिका वडा – १० कनकाई नदीको पस्चिमतटमा गत असार १२ गते आएको बाढीका कारण घरबार विहिन बनेकी शेर्माको घर निर्माणमा शिवसताक्षी नगरपालिका र मेची अभियानको सक्रियताले घर निर्माण सुरु भएको हो । नगरपालिकाले शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित जनता आवास क्षेत्रमा जग्गा उपलब्ध गराएको छ । सोही जग्गामा मेची अभियानले घर निर्माणकार्य सुरु गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच शेर्माको घर शिलान्यास गरिएको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, मेची अभियानका संयोजक विजय डालमियाले संयुक्तरुपमा  घरको शिलान्यास गरेका छन् ।

बाढीबाट विस्थापित ताराकालागि अभियानले टिनको छाना, ३ वटा कोठा र एउटा शौचालय सहितको पक्कि घर निर्माण गरिदिने भएको छ । उक्त घर निर्माणको अनुमानित लागत ७ लाख पर्ने बताईएको छ । समय प्रतिकुल नभएको खण्डमा आउदो तिहार भन्दा अगाडिनै घर निर्माण सम्पन्नगरी हस्तान्तरण गर्ने योजना रहेको अभियानका संयोजक डालमियाले बताए । सो क्षेत्रमा हाल १२ वटा घर समेत निर्माण गरिएको छ ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख शेर्मा, उपप्रमुख नेपाल सहित वडा नम्बर ११ का वडाध्यक्ष भैरव श्रेष्ठ, ६ नम्बर वडाका वडाध्यक्ष मनोज खुलाल, बाढी पीडित परिवार लगायत सञ्चारकर्मीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्