News Portal

  • सङ्खुवासभामा आइसोलेसन तोडफोड, थप ४ जना पक्राउ

    रातोपोस्ट
    ४७८ पटक

    सङ्खुवासभा, भदौ ८। सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप चार जना पक्राउ परेका हुन् ।

    आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–७ का हरी बुढाथोकी, पासाङ शेर्पा, विकास थापा मगर र लाखबहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

    क्याम्पसमा बनाइएको १० वार्डको आइसोलेसन सेण्टर तोडफोडमा संलग्न भएका चारै जनालाई जिल्ला अदालत चैनपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    आइसोलेसन सेण्टर तोडफोड गरेको आरोपमा यस अघि हिमाल किरण क्याम्पसका प्रमुख डा मात्रिका तिम्सिनालाई पक्राउ गरिएको थियो । प्रमुख डा.तिम्सिनाको अगुवाइमा आइसोलेसन सेण्टर तोडफोड हुँदा हराएका सामानको खोजतलास भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए । रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)