News Portal

  • बिप्लव नेकपाले भन्यो : जसपामा प्रवेश गरेका व्यक्ति पार्टीका होइनन्

    रातोपोस्ट संवाददाता
    ३३४ पटक

    काठमाडौँ, भदौ ८ । बिप्लव नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीका कुनै पनि कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश नगरेको भन्दै भ्रममा नपर्न पार्टी पंक्ति र जनतालाई आग्रह गरेको छ ।

    साथै जसपामा प्रवेश गरेका भनिएका व्यक्ति आफ्नो पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेका भन्दै उनीहरुलाई पार्टीले गत बैशाखमै पार्टीबाट निस्कासन गरिसकेको स्पस्ट पारेको छ ।

    नेकपाका पार्टीका केन्द्रीय सदस्य तथा नारायण व्युरो इन्चार्ज शितलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको नाम जोडेर यही भदौ ७ गते जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित भएकोप्रति आफ्नो पार्टीको ध्यानाकर्षक भएको बताएका छन् ।

    जसपाको विज्ञप्तिमा नेकपाको पूर्वी सैन्य कमान्डर जीवन लामा र प्रल्हाद फुयाल भनि उल्लेख गरिएका  व्यक्ति आफ्नो पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेकोे कुरा नेकपाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    साथै नेकपाको विज्ञप्तिमा जनता समाजवादी पार्टी जिम्मेवार हो भने यस्ता हावादारी दुस्प्रचार गरि भ्रम सृजना नगर्न ध्यानाकर्षण गराईएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)