News Portal

धरानमा कोठामै लागूऔषध सञ्चय तथा बिक्री गर्ने युवक पक्राउ

रातोपोस्ट संवाददाता
६३६ पटक

सुनसरी,  भदौ ९ । धरानमा एक युवाले कोठामै लागुऔषध सञ्चय तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचना इलाका प्रहरी कार्यालय धरानमा पुगेपछि एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ ६ बजे धरान उपमहानगरपालिका– १० स्थित कोठा भाडामा लिएर बस्दै आएर र कोठामा सामान्य लागूऔषध पसल जस्तै बनाएका २४ वर्षीय प्रतिक दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर हेमराज ओलीका अनुससार दाहाललाई उनकै कोठाबाट लागुऔषधसहित पक्राउ गरिएको हो ।उनको कोठाबाट रातो हाते युजन थ्रो बजारे झोलाभित्र क्रमशः २२ एम्पुल, २२ एम्पुल र २२ एम्पुल गरी २२ सेट ६६ एम्पुल लागुऔषध बरामद भएको छ ।

दाहाललाई सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्