News Portal

ओली दाहाल छलफल सकियो, शनिबार सचिवालय बैठक बस्ने

रातोपोस्ट संवाददाता
३८३ पटक

काठमाडौँ, भाद्र ९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भदौ १३ गते शनिबार सचिवालय बैठक बोलाएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बिहान कार्यदलको प्रतिवेदनबारे छलफल गर्न बसेको बैठकले सचिवालय बैठक बोलाउने निर्णय गरेको हो ।

नेकपा अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले दुवै अध्यक्षबीच भदौ १३ गते सचिवालय बैठक बोलाउने सहमति भएको पुष्टि गरे । ‘दुवै अध्यक्षबीचको छलफलले भदौ १३ गते सचिवालय बैठकले बोलाउने सहमति भएको छ’, सापकोटाले काठमाण्डुपाटीसँग भने ।

बैठकमा कार्यदलको प्रतिवेदनबारे छलफल हुने बताइएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले शनिबार आफ्नो प्रतिवेदन अध्यक्षद्वय अ‍ोली र प्रचण्डलाई बुझाएको थियो ।

प्रतिकृया दिनुहोस्