रातोपोस्ट संवाददाता

झापा, भदौं ९ । झापाको कमल गाउँपालिकामा मंगलबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कमलमा कोरोना संक्रमितको कुल संख्या १० पुगेको छ ।
समुदायमा संक्रमण फैलिएको आसंकामा गाउँपालिकाले २१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणमा पठाइएको थियो जसमा समुदायका २ जनामा कोरोना पुष्टि हो ।
कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेका अनुसार संक्रमण पुष्टि भएका दुबै जनालाई शहीद धर्मभक्त माविको आइसोलेसनमा राखिएको छ ।
आज आएको रिर्पोटमा वडा नम्बर ३ की ४१ वर्षीया महिला र वडा नम्बर ६ का ६० वर्षीय पुरुषमा कोरोना देखिएको हो । उनी दमक बिधुत प्राधिकरणका कर्मचारीकी बुवा हुन् ।
कमल गाउँपालिका संक्रमित मध्ये ३ जना भने यसअघि नै निको भएर घर फर्किएका छन् ।