News Portal

थप आठ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

रातोपोस्ट संवाददाता
७५७ पटक

काठमाडौं,भदौ ११ । कोरोनाबाट देशभर थप ८ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको बताए ।
जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका १–१ पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए । नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ८३ पुगेको छ।

प्रतिकृया दिनुहोस्