News Portal

काँकरभिट्टामा होटल क्वारेन्टिनमा बसेका ३ जनामा कोरोना

रातोपोस्ट संवाददाता
६७१ पटक

झापा, भदौ १७ । झापाको मेचीनगरमा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । मेचीनगर–६ को होटल क्वारेन्टिनमा बसेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । काँकरभिट्टाको तीन वटा होटलको क्वारेन्टिनमा बसेका ३ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएका उनीहरुमध्ये २ जना मेचीनगर–६ का हुन् भने १ जना लहान जिल्लाको रहेको बुझिएको छ । तीनै जनालाई धाइजनको आइसोलेसन वर्डामा पठाइएको छ ।

उनीहरुको भदौ १४ गते स्वाबको नमुना संकलन गरेर धरानको कोभिड अस्पतालको प्रयोगशाला पठाइएको थियो । आज उक्त अस्पतालले उनीहरुको रिपोर्ट पोजेटिभ पुष्टि गरेको छ । योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ११२ पुगेको छ ।

यसैवीच आज मेचीनगरका २ जना संक्रमित मेची प्रादेशिक अस्पताल भद्रपुरबाट निको भएर घर फर्किएका छन् । निको हुनेमा १ महिला र १ जना पुरुष छन् । यससँगै कोरोना निको भएर घर फर्किने मेचीनगरमा १०४ भए ।

प्रतिकृया दिनुहोस्