News Portal

कसले बनायो दाजै दलित भन्ने जात

प्रोपोजल शर्मा
१०३८ पटक

मान्छेले मान्छे माथि किन गर्छ घात
कसले बनायो दाजै दलित भन्ने जात।

कसैलाई यहाँ छिछि  दुरदुरमा बाच्नु पर्ने
मरेपछि पोल्ने त आखिर एउटै हो नि घाट
कसले बनायो दाजै दलित भन्ने जात।

किन गर्छौ ठूलो जातको घमण्ड तिमी
दलित भनी आरोप लगाइ गर्छौं अपराध
कसले बनायो दाजै दलित भन्ने जात।

मन्दिर पुज्ने दियो देखि लुगा सिउने सियो सम्म  दलितले निर्माण गर्छन् किन मच्चाउछौं उग्रपात
कसलेखिका  बनायो दाजै दलित भन्ने जात।

कहिले सम्म बन्नु पर्ने हामी तिम्रो दास
मन्दिर भित्र पुज्न जादा किन दिन्छौं स्राप
कसले बनायो दाजै दलित भन्ने जात।

सबै जाति बराबरी हुन्छ अब छैन चिन्ता भन्दै
भोट माग्छौं लिन्छौं तिमी दलितको साथ
कसले बनायो दाजै दलित भन्ने जात।

दलितकै नाम लिदै खुब चलाइरेछौं व्यापार
त्यहि पैसाले लागेको छ तिमी लाइ मात
कसले बनायो दाजै दलित भन्ने जात।

सबैको रगत रातो हुन्छ के मा देखौं फरक
दलितले बनाएको कपडामा बिताउदैछौं रात
कसले बनायो दाजै दलित भन्ने जात।

सबै बराबरी भो चिन्ता लिनु पर्दैन भन्छन यहाँ
फेरि विभेद हुन्छ कस्तो लेख्यौं संविधानको पाठ
कसले बनायो दाजै दलित भन्ने जात।

पहिला जस्तै अहिले पनि हेर्ने उस्तै छ नजर
दमाई कामी सार्की भन्दै किन उठाउछौं हात
कसले बनायो दाजै दलित भन्ने जात।

कतै कोरोनामा कतै वाढिपहिरोमा परेको बेला
दिनु पर्ने बेलामा सबै जनताहरुलाइ राहत
कसले बनायो दाजै दलित भन्ने जात।

अझै वढिरहेछ अन्याय र अत्याचार विभिन्न नाममा
फटाहा सामन्तीको पार्नु पर्छ अब त पर्दाफास
कसले बनायो दाजै दलित भन्ने जात।

दलित माथि तिम्रो थिचोमिचो अझ कहिले सम्म
बगेको आसुका ढिकाले लाग्ने छ तिमीलाइ स्राप
कसले बनायो दाजै दलित भन्ने जात।

देश बनाउन सबै लागौं उठाएर झण्डा
सबै जनता बराबरी बनाइ दुखिलाइ दिउ राहत
कसले बनायो दाजै दलित भन्ने जात।

वर्गीय मुक्तिबाट नै जातिय मुक्ति सम्भव छ
त्यसैले अपुरो क्रान्ति पूरा गर्न सबैले दिउ साथ
कसले बनायो  दाजै दलित भन्ने जात।

मान्छे ले मान्छे माथि किन गर्छ घात
कसले बनायो दाजै दलित भन्ने जात।

प्रतिकृया दिनुहोस्