News Portal

झापामा थप १२ जनामा कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
३७७ पटक

झापा, १८ भदौ । झापामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ६ जना महिला र ६ जना पुरुष रहेका छन् ।

आज संक्रमित हुनेहरुमा कमल गाउँपालिकाका २ महिला र ४ पुरुष गरि ६ जना, अर्जुनधारा नगरपालिकाका एक पुरुष, बिर्तामोड नगरपालिकाका १ पुरुष र ४ महिला गरि ५ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । बिर्तामोड नगरपालिकाका र कमल गाउँपालिकाका ११ जना स्थानिय हुन् भने अर्जुनधाराका १ जना भारतबाट आएका हुन् ।

आजसम्म झापामा कुल संक्रमितको संख्या ६१५ पुगेको छ । जसमा भद्रपुरमा ३३, मेचीनगर ११०, बिर्तामोड २१२, कनकाई २२, अर्जुनधारा २३, दमक १०४, गौरादह १९, शिवसताक्षी १२, बुद्धशान्ति १७, हल्दिवारी १३, कचनकवल १३९, कमल ३४, बाह्रर्दशि २१, गौरीगञ्ज ३० र झापाका १२ जना रहेको चौलागाईले बताए ।

प्रतिकृया दिनुहोस्