News Portal

  • यस्तो छ आजको मौसम

    रातोपोस्ट संवाददाता
    ४३२ पटक

    काठमाडौ, भदौ २३ । हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको र स्थानिय वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    स्थानीय वायुको प्रभावका कारण हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १,  प्रदेश २, बाग्मती प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आजको मौसम पूर्वानुमानका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसैगरी, राति देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता, प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)