News Portal

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

रातोपोस्ट संवाददाता
९४० पटक

चितवन, भदौ २३ । चितवनको भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिका–१ बस्ने ६४ वर्षीय वृद्धको मंगलबार साँझ उपचारका क्रममा मृत्युु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

केहि समयदेखि मिर्गौलाको डाइलसिस गराइरहेका ती वृद्धमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भरतपुर अस्पतालको कोभिड आइसीयूमा मा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा नियमित डाइलसिससमेत गरिएको थियो ।

स्वास्थ्यमा थप समस्या देखिएपछि आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार हुँदै गर्दा मंगलबार साँझ ५ः३० बजे उनको मृत्युु भएको पौडेलले जानकारी दिए । उनीमा निमोनियाको संक्रमण पनि देखिएको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्