News Portal

शिवसताक्षीका २ सहित झापामा ५ जना कोरोना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
७७८ पटक

झापा, भदौ २४ । झापामा शिवसताक्षीका २ सहित आज ५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का २६ र ३२ वर्षीया २ जना महिला, कनकाई नगरपालिका वडा नम्बर २ र ३ का १४ र २० वर्षीय २ जना पुरुष र मेचीनगरपालिका वडा नम्बर ६ का ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै जना स्थानीय रहेको चौलागाईले बताए । योसँगै झापामा कोरोना संक्रमितको संख्या ७०८ पुगेको छ भने निको भएर घर फर्किएका ५२१ जना छन् । हालसम्म २२ हजार ७०६ जनाको पीसीआर गरिएको छ भने १८४ जना सकृय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्